नगर प्रमुखद्वारा प्रयोगात्मक खेल प्रशिक्षणको अवलोकन 

भक्तपुर, कार्तिक ३। भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको ६ दिने खेलकुद प्रशिक्षक प्रशिक्षण तालिम अन्तर्गत फुुटबल खेलको अवलोकन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभयो ।

 

सोही क्रममा उहाँले राष्ट्रिय खेलाडीको उत्पादन विद्यालय स्तरबाट हुने भएकोले त्यसको तयारी स्वरूप सो प्रशिक्षण तालिम संचालन गरेको बताउँदै विद्यार्थीलाई हरेक क्षेत्रमा योग्य बनाउन शिक्षकको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

 

अवलोकनकै क्रममा उहाँले विद्यार्थीहरूलाई भक्तपुरको स्वास्थ्य शिक्षा तथा सम्पदा पुनः निर्माण लगायत कला संस्कृतिको व्यवहारिक ज्ञान, सीपलाई दक्ष बनाउने काम शिक्षकहरूबाट हुने विश्वास व्यक्त गर्दै प्रशिक्षकका प्रशिक्षार्थीहरुलाई शुभकामना दिनुभयो ।

 

सोही अवलोकनमा भक्तपुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष श्यामकृष्ण खत्री, भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, भक्तपुर नगरपालिकाका सूचना अधिकृत दामोदर सुवाल र युवा तथा खेलकुद समितिका पदाधिकारी लगायत टीमको सहभागिता रह्यो ।

 

उक्त ६ दिने तालिममा भलिबल, एथलेटिक्स, फुटबल, कब्बडी, पिटी तथा खोखो लगायतका खेलहरूको हरेक दिन १/१ खेलको प्रशिक्षण हुने आयोजक भक्तपुर नगरपालिकाले जनाएको छ ।

नगर प्रमुखद्वारा प्रयोगात्मक खेल प्रशिक्षणको अवलोकन

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार