

अष्ट्रेलिया । अष्ट्रेलियामा एक नेपाली विद्यार्थी कोठामै मृत भेटिएका छन्। रुपन्देहीको देवदह घर भइ अष्ट्रेलिया सनसाइन कोस्ट क्विन्सल्याण्डमा बसोबास गरिरहेका नेपाली विद्यार्थीको मृत्यु भएको एनआरएन क्विन्सल्याण्डले जानकारी दिएको छ । मृत्यु हुनेमा २१ वर्षीय खगेन्द्र भुसाल रहेका छन्।
उनले आफ्नो बहिनीको भविष्य र शिक्षाका लागि अष्ट्रेलियामा कडा परिश्रम गरिरहेको एनआरएन क्विन्सल्याण्डले उल्लेख गरेको छ। अहिले उनको शव नेपाल ल्याउनका लागि आर्थिक संकलन सुरू भएको छ। १५ हजार डलर संकलन गर्ने लक्ष्यसहित गोफन्डमिमा अहिलेसम्म १७ हजार डलरभन्दा बढी संकलन भइसकेको छ।
अस्ट्रेलियामा निधन भएका नेपाली विद्यार्थीको शव स्वदेश फिर्ताका लागि यसरी गर्नुहोस सहयोग ! अष्ट्रेलियाको सनसाईनकोष्टमा निधन भएका नेपाली विद्यार्थीको शव नेपाल पठाउन एनआरएनए क्वीन्सल्यण्डले गो फण्ड मी सहयोग अभियान सुरु गरेको छ । नेपालस्थित देवदह स्थायी घर भई हाल सनसाईकोष्टमा बस्दैआएका २१ वर्षीया खगेन्द्र भुसाल बुधबार बिहान आफ्नै कोठामा बेहोस अवस्थामा भेटिएर नजिकैको अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।
परिवारको चाहाना बमोजिम मृतक खगेन्द्रको शब नेपाल पठाउन लागिएको एनआरएनए क्वीन्सल्यण्डले जानकारि दिएको छ । सधै खुसी र सुखी देखिने स्वभावका खगेन्द्र आफन्त र साथीभाईलाई गाह्रो अफ्ठेरो पर्दा सहयोग मद्दत गर्ने हुनुहुन्थ्यो एनआरएनए क्वीन्सल्यण्डले गो फण्डमी अभियानका क्रममा लेखेको छ । आफ्ना दिदीबहिनीको भविष्य र राम्रो शिक्षाको लागि सधैं मेहनत गर्दै आउनुभएका खगेन्द्रको शव स्वदेश फिर्तामा १५ हजार अष्ट्रेलियन डलर लाग्ने भन्दै सहयोगका लागि आह्वान गरिएको एनआरएनए क्वीन्सल्यण्डका सचिव अतुल खड्काले जानकारी दिनुभयो । गोफण्डमीमा सहयोग गर्न यो लिंकमा जानुहोस् ।
सहयोग गर्न इच्छुकहरुले एनआरएनए अष्ट्रेलियाको खातामा सिधै बचत गर्न समेत सक्नुहुनेछ जसका लागि एनआरएन अस्ट्रेलिया हेल्पडेस्क खाता यसप्रकार छः BSB : ०३२००६, खाताः ४९३२०१