`संवेदनाको आकार´ लोकार्पण गर्न लम्साल देवदह आउने

रुपन्देही। मदन पुरस्कार २०७८ बिजेता नवराज लम्साल देवदहका साहित्यकार महेश्वर शर्माको कवितासङ्ग्रह `संवेदनाको आकार´लोकार्पण गर्न देवदह आउने भएका छ्न् ।

आउँदो शनिवार अर्थात पुष ९ गते बिहान १० बजे पाठक फूडल्याण्ड एण्ड इभेन्ट भेन्यू, देवदह-५, खैरेनी, रूपन्देहीमा हुने कार्यक्रमकालागी लम्साल देवदह आउने छ्न्।

अस्ट्रेलिया बसेर कविता तथा कथामा सक्रिय रहेका शर्मा आफ्ना कथा, कविताको माध्यमबाट साहित्यिक पाठकमाझ लोकप्रिय छन् ।

कार्यक्रम अनुराग साहित्य समाजको आयोजनामा हुन लागेको हो ।

 

देवदह

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार