समाज र राष्ट्रकालागी युवाको महत्व

हामि सच्चिकै सामाजिक, अर्थिक, राजनितिक लगाएत विविध विधामा परिवर्तन ,रुपान्तरण आशा राख्दछौ भने पक्कै पनि त्यसको हकदार अब युवा बन्नै पर्छ , हामिले विगतलाई अध्यन र वर्तमानलाई यथा स्थानबाट नियालिरहदा , देशको कुल सङ्ख्या मध्य आधा जति उहि प्राचिन सोच, विचार र आधा केहि परिवर्तन , नया युगको आरम्भ गनुपर्छ भन्ने बौद्धिक तथा सकरात्म सोच सहित कार्य र कार्यान्वयन पक्ष मा जोड दिने युवा जमात पनि फिल्डमा उत्रिएको देख्न सकिन्छ।

वाझिएको विचार संगै विभाजित समाजमा अझैपनि हामिले उहि पुरातनवादि विचार र नेतृत्व संग नै विकास र सकरात्मक परिवर्तनको आशा, भरोसा गर्ने त ? हैन अव हामिले जो समाज , राष्ट्र संग जोडिएका अति गहन ,गहकिला बिषय बस्तु केन्द्रित रहेर मार्ग सुभारम्भ गरिरहेका छन् उनिहरुमा नै केन्द्रिकृत हुन आजको आवश्यकता र महत्व हो भन्ने म ठान्दछु र हामीले ठान्नुपर्छ भन्ने मेरो बुझाई पनि हो।

हाम्रो समाज , जहाँ उन्नति, प्रगति, विकास र परिवर्तनले मात्र पछि परेको छैन! यहाँ किसिमकिसिमका मिश्रित विभेद, अन्याय , अत्याचार हरुले जालो बुनेर बसेको छ ! र जहाँबाट हामि आजसम्म पनि बाहिर निस्केर आनन्दको सास फेर्न सकेका छैनौ ! जस्तै ! लैङ्गिक विभेद् , जातिय विभेद , छुवाछुत , धनि र गरिब विचको आर्थिक सामाजिक असमानता , पुजिपति बर्गहरुको हलिमुहाली र उनिहरुबाट हुने शोषण हत्या , हिंसा बलत्कार र त्यिनि हरुको बचाऊ मा निम्न बर्गहरु माथि गरिने अन्याय , डर धम्कि , दबाब इत्यादि हुन र यथावत छन् ! बुद्धि , विवेक , ज्ञान, सिप , कला ,जोस जागर, आट शाहास जस्ता सर्व गुणले भरिपूर्ण अवस्थालाई नै युवा अवस्था भनिन्छ ! र यदि माथि उल्लेखित अनेकौ प्रकारका समस्याले ग्रसित समाजलाई छुट्कारा दिएर समुन्नत सभ्य समाज र विकास निकासको मुर्त रुप कसैले दिन सक्छ भने त्यो युवा बर्गहरुले मात्रै दिनसक्छन् र सम्भव पनि छ !

एकातिर परिवर्तित समय संगै युवापुस्ताले राजनिति स्थिरता ,दिगो विकासको अपेक्षा गरिरहेको छन् अर्कोतिर समाज र राष्ट्र विषय परिस्थितिमा गुज्रिरहेको छ ! अब यसको मतलव यात आश्यकता , देशले नया तथा सवल र सफल युवा नेतृत्व नेतृत्व चाहिरहेको छ भन्ने बुझाई पनि हो ! नेपालको राष्ट्रिय जनगणना-२०७८ को तथ्याङ्कअनुसार देशको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको छ ! जसमध्य १६-४० उमेर समहुका जस्लाई हामि भन्छौ , जो हामि करोड भन्दा माथिको सङ्ख्यामा छौ ! राष्ट्रको एक तिहाई हिस्सा ओगटेको उर्जावान , बौद्धिक, शिक्षित शक्ति भनौ या जनसङख्या , पटकौ ढाटेर छलेर , सर्वसाधरण मा भ्रम छरेर देशकै सत्ता र शक्तिमा पुग्ने गरेका , व्यक्तिगत स्वार्थ परिपुर्ति गर्न सत्तामा लेपसिन आदत परेका हाम्रा वाजे पुस्ताहरु कै हो मा हो मिलाएर विश्वासको तालाचावि उनिहरुलाई सुम्पिन तयार हुनु , अझै उहाहरु बाटै सम्वृद्धि, र शुशासन सम्भावना देख्नु विकास निकास र समानताको आशा बोक्नु ले युवा पुस्ताको . बौद्धिकता माथि प्रश्न उठ्दैन भन्न सकिन्न , फेरि यस्ता काम कुराहरु गर्नु युवा पुस्तालाई सुहाउला र , ? समय परिस्थिति अनुसार होला र ? हुदैन , अब युवा उठनु पर्छ , जुट्नु पर्छ , म पार्टिको लागि हैन् राष्ट्रको लागि हु भन्ने भावना युवामा पैदा हुनुपर्छ । युवा राष्ट्रको शक्ति हो , सम्पति हो , युवा परिवर्तनको संवाहक हो ,

युवा विकास र सवृद्धि को सुचक हो ! युवा राष्ट्रको ढुकढुकी हो , युवा राष्ट्रीय समस्या हरु समाधानको मलम हो । युवा शुशासन र समानता लेख्ने कलम हो ! त्यसैले हाम्रो समाज र राष्ट्रको सकरात्मक परिवर्तन को लागी युवाका विचार विकेक र एजेन्डाहरु स्थापित हुनैपर्छ ! समस्या र चुनौति संग युवा भाग्ने हैन् डटेर लाग्नु पर्छ ।

अन्जान कुमार बस्नेत ( उत्तम) कालिनचोक-६ , दोलखा
हाल जापान (ओसाका)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार