

अखिल (क्रान्तिकारी) को कार्की समूहका विद्यार्थी नेता अध्यक्ष पन्चा सिंहको समूह (मुलधार) मा गएका छन् । शुक्रबार २१ सदस्यको सहमती सहित कार्की समुहका विद्यार्थी नेता मुलधार समूहमा गएको प्रेस वत्तव्यमा बताईएको छ ।
विद्यार्थी नेताहरुले कार्कीले अखिल क्रान्तिकारीमा महासचिवको पद नपाएर संगठनविरुद्ध लागेको र सो कदमले संगठनमा प्रभाव परेको बिज्ञप्तिमा उल्लेख छ । कार्की समूहले संगठनलाई क्षेति गर्ने भन्दै उनीहरुले आफूहरू संगठनको मूल समूहमा फर्किएको बताए ।
“पद प्रतिष्ठाको लागि गरिएको व्यत्तिगत महत्वाकांक्षा पूरा गर्नका लागि साक्षी बस्न नसकिने निष्कर्ष सहित पार्टी स्थायी समितिले एक मतले गरेको निर्णय र २२ औं राष्ट्रिय सम्मेलनको हलले निर्वाचित गरेको नेतृत्व वरपर नै गोलबन्द भएर जाने निर्णय गरेको व्यहोरा सम्पुर्ण आदरणीय जनसमुदाय, विद्यार्थी मित्रहरु पत्रकार समुदायमा जानकारीका लागि यो प्रेस वत्तव्य जारी गरिएको छ ।” वत्तव्यमा उल्लेख छ । कार्की नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर समेत दुरुपयोग गरेको विद्यार्थी नेताहरुको आरोप छ ।