झिमरुकमा कार्यशाला गोष्ठी

 

प्युठान । प्युठानको झिमरुक गाउँपालिकाले समृद्धिको लागि बिज्ञसहितको कार्यशाला गोष्ठीको आयोजना गरेको छ । अगामी सन् २०३० सम्म दिगो विकासको लक्ष्यलाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै झिमरुकको समृद्धिको लागि बिज्ञ सहितको कार्यशाला गोष्ठीको आयोजना गरिएको गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले जानकारी दिए ।

यहीँ फागुन ८ र ९ गते गाउँपालिकाको सभाहल विभिन्न बिषय संग सम्बन्धित विज्ञ र सरोकारवाला बिच झिमरुकको समृद्धि र बिकासको लागि दुई दिने कार्यशाला गोष्ठी बृहत छलफल गरिने प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिएका छन् । कार्यशालामा प्रतिनिधी सभा सदस्य सुर्यबहादुर थापा तथा अन्य क्षेत्रगत विज्ञहरुको विशेष उपस्थिति रहने छ । गोष्ठिबाट गाउँपालिकाको क्षेत्रगत विकासको अवधारणा निर्माण हुने अपेक्षा पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताए ।

कार्यशाला गोष्ठिमा गाउँपालिकाको तर्फबाट गाउँपालिकामा हालसम्म क्षेत्रगत रुपमा भएका कामहरु तथा गाउँपालिकामा क्षेत्रगत रुपमा अबको आवश्यकता, अवसर र संभावनाको विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको विज्ञप्‍ति उल्लेख गरिएको छ ।

पूर्वाधार विकास तर्फको अवधारणाको लागि पूर्वाधार विज्ञ छविराज पोख्रेल, कृषि तथा पशुपन्छी विकास तर्फको अवधारणाको लागि कृषि विज्ञ मुकेश रामजाली, सहकारी, गरिवी निवारण तथा रोजगारी सिर्जनातर्फको अवधारणाको लागि सहकारी विज्ञ श्री रविन्द्र के।सी।, सुशासन तथा संस्थागत विकास तर्फको अवधारणाको लागि विज्ञ डा। शैलेन्द्र गिरी त्यसै गरी शिक्षा क्षेत्रको अवधारणाको लागि प्राडा बिष्णु प्रसाद पोखरेल, स्वास्थ्य क्षेत्रको अवधारणा पत्रको लागि जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डे, कृषि क्षेत्रको थप कार्यपत्रको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइका प्रमुख चुमान गिरी लगायतका विज्ञहरुबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

गाउँपालिकाका पूर्व जनप्रतिनिधी, सबै राजनैतिक अग्रज व्यक्तित्व, राजनीतिक दलहरु सबै पेशागत संघ, संस्था, समूहहरुबाट आफ्नो अनुभवको आधारमा यहाँहरु सबैको रचनात्मक सल्लाह सुझाबको अपेक्षा राख्दै सो कार्यक्रममा यहाँहरु सबैको उपस्थितिको लागि सादर अनुरोध गर्दछौं ।

प्रेस विज्ञप्‍ति

राज्यको पुनसंरचना भए पश्चात संघीयताको स्वरूप अनुसार जनताको नजिकको सरकारको रुपमा सुशासन र विकासको प्रत्याभुति दिने क्रममा हामी दोस्रो कार्यकालको सुरुवाती अवस्थामा छौं । पहिलो कार्यकालमा रहेको सरकारले बनाएका ऐन, नियमावली, निर्देशिका र कार्यविधि बमोजिम जुन प्रकारको कामको थालनी भएको छ, त्यसैको निरन्तरतालाई आत्मसाथ गरी थप कार्ययोजना बनाउँदै अगामी सन् २०३० सम्म दिगो विकासको लक्ष्यलाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै झिमरुकको समृद्धिको निमित्त सबैको सुझाब, सल्लाह र रचनात्मक सहयोगबाट सबैले अपनत्व लिने गरी बृहत कार्ययोजना बनाउने उद्देश्यकासाथ मिति २०७९ साल फागुन ८ र ९ गते झिमरुक गाउँपालिकाको आयोजनामा गाउँपालिकाको वृहत्तर विकासको लागि विभिन्‍न क्षेत्रगत विज्ञहरुको उपस्थितिमा साझा अवधारणा निर्माण गर्न दुई दिने कार्यशाला गोष्ठी सञ्चालन हुने भएको छ। उक्त कार्यशालामा प्रतिनिधी सभा सदस्य माननिय श्री सुर्य बहादुर थापा तथा अन्य क्षेत्रगत विज्ञहरुको विशेष उपस्थिति रहने छ । गोष्ठिबाट गाउँपालिकाको क्षेत्रगत विकासको अवधारणा निर्माण हुनेछ ।

कार्यशाला गोष्ठिमा गाउँपालिकाको तर्फबाट गाउँपालिकामा हालसम्म क्षेत्रगत रुपमा भएका कामहरु तथा गाउँपालिकामा क्षेत्रगत रुपमा अबको आवश्यकता, अवसर र संभावनाको विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । पूर्वाधार विकास तर्फको अवधारणाको लागि पूर्वाधार विज्ञ श्री छविराज पोख्रेल, कृषि तथा पशुपन्छी विकास तर्फको अवधारणाको लागि कृषि विज्ञ श्री मुकेश रामजाली, सहकारी, गरिवी निवारण तथा रोजगारी सिर्जनातर्फको अवधारणाको लागि सहकारी विज्ञ श्री रविन्द्र के।सी।, सुशासन तथा संस्थागत विकास तर्फको अवधारणाको लागि विज्ञ डा शैलेन्द्र गिरी त्यसै गरी शिक्षा क्षेत्रको अवधारणाको लागि प्रा।डा। श्री बिष्णु प्रसाद पोखरेल, स्वास्थ्य क्षेत्रको अवधारणा पत्रको लागि जिल्ला स्वास्थ्य कार्यालय प्रमुख श्री हेमराज पाण्डे, कृषि क्षेत्रको थप कार्यपत्रको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइका प्रमुख श्री चुमान गिरी लगायतका विज्ञहरुबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

गाउँपालिकाका पूर्व जनप्रतिनिधी, सबै राजनैतिक अग्रज व्यक्तित्व, राजनीतिक दलहरु सबै पेशागत संघ, संस्था, समूहहरुबाट आफ्नो अनुभवको आधारमा यहाँहरु सबैको रचनात्मक सल्लाह सुझाबको अपेक्षा राख्दै सो कार्यक्रममा यहाँहरु सबैको उपस्थितिको लागि सादर अनुरोध गर्दछौं ।

सुवाश रिजाल
प्रमुख प्रशासकीय अधिकृत

झिमरुकमा कार्यशाला गोष्ठी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार